
नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा पुकार महर्जन नियुक्त भएका छन्।
प्रदेशसभा नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार महर्जनलाई नियुक्त गरेका हुन्।
कांग्रेस संसदीय दलको विधान २०७९ को धारा ११(१) बमोजिम उनलाई जिम्मेवारी दिइएको हो।
पूर्वमन्त्रीसमेत रहेका महर्जन काठमाडौं–१०(क) बाट निर्वाचित हुन्।
यसअघि प्रमुख सचेतक रहेका कञ्चनचन्द्र बादे सामाजिक विकास मन्त्री बनेपछि उक्त पद रिक्त थियो।





