उपत्यका मेयर्स फोरमका महासचिव घनश्याम गिरीद्वारा बालेन शाहलाई अभिव्यक्ति प्रमाणित गरेर देखाउन चुनौती (प्रेस विज्ञप्ति सहित)

काठमाडौँ उपत्यका मेयर्स फोरमका महासचिव तथा चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीद्वारा प्रेस विज्ञप्ति जारी गरेका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई आफ्नो अभिव्यक्ति प्रमाणित गरेर देखाउन चुनौती दिएको छन् ।

मेयर बालेनले निजी कम्पनीबाट पैसा खाएर उपत्यका मेयर फोरमको बैठक बोलाइएको गम्भीर आरोप लगाएका थिए । यही कात्तिक १४ गते ललितपुर महानगरपालिकाको अध्यक्षतामा बसेको फोरमको बैठक बिचैमा छाडेर बाहिरिएका शाहले सामाजिक सञ्जालमार्फत यस्तो आरोप लगाएका थिए ।

बालेनको अभिव्यक्तिपछि शुक्रबार उपत्यका मेयर्स फोरमका महासचिव तथा चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले विज्ञप्ति जारी गर्दै भनेका छन्,

आज मिति २०८०/०७/१७ गते काठमाडौ उपत्यका मेयर्स फोरमको उपलब्ध नगर प्रमुख तथा उपप्रमुखहरुको आकस्मिक बैठकले मिति २०८०/०७/१४ मा बुढानीलकण्ठ नगरपालिकाको व्यवस्थापनमा भएको पाँचौं बैठकमा काठमाडौ महानगरपालिकाका प्रमुख श्री बालेन्द्र साहज्यूले बैठकको प्रारम्भमा नै फोरमका अध्यक्ष श्री चिरिबाबु महर्जनज्यूले बैठकको एजेण्डा सम्बन्धी कुरा गर्दागर्दै ‘खै म बोल्छु’ भनी माईक लिन अग्रसर हुनुभएको अवस्थामा अध्यक्षज्यूले ऐजेण्डा प्रस्तुत भएपछि छलफल गरौला, बोल्न नपाइने भनेकै छैन’ भन्दै गर्दा ‘बोल्न नदिने भए म गए, तपाइहरु नै बैठक गर्नुस्’ भनी अशोभनीय र अमर्यादित ढङ्गले जुरुक्क उठेर बैठक स्थलबाट हतारहतार बाहिरिनुभएको ।

बैठकमा प्रस्तावित पहिलो ऐजेण्डा नेपवेष्ट, जसलाई फोहोरमैला व्यवस्थापन गर्न लगानी बोर्डले अन्तराष्ट्रिय बोलपत्र विधिद्वारा छनौट गरिएको संस्था, जसलाई काठमाडौ महानगरपालिकाले समेत २०७८ / ११ / १३ मा स्वीकृतिका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पत्राचार गरिसकेको थियो । सो सन्दर्भमा काठमाडौ उपत्यकाको फोहोरमैला व्यवस्थापन दीर्घकालीन एवम् एकीकृत रूपमा कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने उद्देश्यले छलफल गर्न लागिएको उक्त बैठकको विषयलाई लिएर काठमाडौ महानगरपालिकाका प्रमुख बालेन्द्र साहज्यूले २०८० कार्तिक १५ गते सामाजिक सञ्जाल मार्फत् दिनुभएको अभिव्यक्ति अत्यन्तै अशोभनिय अमर्यादित, खेदपूर्ण र भ्रमपूर्ण छ । उक्त अभिव्यक्ति प्रमाणित गरि देखाउन समेत चुनौती दिइन्छ ।

सम्पूर्ण आदरणीय नागरिकहरुलाई उपत्यका मेयर्स फोरमको सबै कामकारवाहीप्रति पूर्ण विश्वस्त रहन समेत अनुरोध गरिन्छ ।

घनश्याम गिरी
महासचिव
उपत्यका मेयर्स फोरम तथा
नगर प्रमुख चन्द्रागिरी नगरपालिका