
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को भातृ संगठन अखिल नेपाल महिला संघ, काठमाडौं निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नं १० को तेस्रो सम्मेलन जारी रहेको छ। पार्टीका नेता तथा कार्यकर्ताहरूको उत्साहजनक सहभागितामा सम्मेलन भइरहेको छ।
महिलाका हकहित, सशक्तीकरण र पार्टीको सांगठनिक विस्तारका लागि भावी कार्यदिशा तय गर्न तथा नयाँ नेतृत्व चयन गर्नका लागि यो सम्मेलन आयोजना गरिएको हो। सम्मेलनले संगठनलाई थप सशक्त र क्रियाशील बनाउने महत्त्वपूर्ण निर्णयहरू लिने अपेक्षा गरिएको छ।
आजै सम्पन्न हुने यस सम्मेलनबाट नयाँ कार्यसमिति चयन गरिने कार्यक्रम रहेको छ।






