राजधानीको कोलाहाल वाट केहि भए पनि राहात दिने उदेश्यका साथ गरिएको हाईकिङ कार्यक्रम समपन्न भएको छ । लियो रिजन्र्स भ्याली, ३२५ ए १ र लालिगुराँस क्लवको आयोजनामा सञ्चालित हाईकिङ राजधानीको नैकाप देखि ईन्दह हुदै टोटिटोल सम्म पथ यात्रा गरि सम्पन्न भएको हो । “टुगेडर फर टुरिजम” भने नाराको साथ सुरु गरिएको हाईकिङमा ३ सय भन्दा वढिको सहभागिता रहेको थियो ।
चन्द्रागिरी नगरपालिकाका विभिन्न रमनीय स्थानहरुलाई समेटी हाईकिङ अर्थात पथ यात्रा गर्दा आन्तरिक पर्यटनमा टेवा पुग्ने नेपाली काग्रेसका चन्द्रगिरि नगर संयोजक घनश्याम गिरीले वताउँनु भयो । उहाँले मानव स्वास्थ्यलाई पथ यात्रा निकैनै फलदायी भएकै कारण पनि चन्द्रगिरि हाईकिङका लागि उपयुक्त स्थान भएको जानकारी दिनु भयो । नेकपा एमालेका नेता तथा चन्द्रगिरि नगरपालिका दहचोक गाउँ विकास समितिका पुर्व अध्यक्ष हरिशरण थापाले आन्तरिक तथा वाह् पर्यटक लाई जानकारी तथा नयाँ गन्तव्यको रुपमा विकास गर्न पनि यस्ता कार्यक्रमहरु सहयोगी भुमिका खेल्ने विश्वास व्यत्त गर्नु भयो ।
लालिगुँरास क्लवका अध्यक्ष राकेस खत्रीले दिर्घ जीवनका लागि पनि पथ यात्रा राम्रो भएको वताउँदै चन्द्रगिरिमा दिन प्रति दिन हाईकिङ गर्नेहरुको संख्या वृद्धिले आन्तिरिक पर्यटनका साथै नगरको आर्थिक रुपान्तरणमा पनि नयाँ आयाम थपिनेमा विश्वास व्यक्त गर्नु भयो । हाईकिङ बिहान ७ः३० बजे नैकाप फुटबल मैदानबाट सुरुभई १६ कि.मीको दुरी पार गरि साझ ३ः३० बजे टोटी टोलमा आई सम्पन्न भएको थियो । राजधानीकै नजिकै रहेको पर्यटकिय स्थानको खोजि गर्दे गाउँ वस्ती चराचुरुङगी वनजङगल हेदै राजधानीको विभिन्न स्थानको अवलोकन गर्ने समेत यो पथ यात्रा प्रभावकारी हुर्ने सरोकारवालाहरुको जोड थियो ।
लियोका क्षेत्रीय संयोजक रन्जित भट्टले कार्यक्रमले आन्तरिक अनि बाहीय पर्यटन प्रर्बद्धनमा विशेष टेवा पुग्ने जानकारी गराउनुभयो । कार्यक्रममा ऐतिहासिक धरोहर काजी कालु पाण्डे समाधीस्थलमा नाचगान पनि आयोजना गरिएको थियो । यस कार्यक्रममा ऐतिहासिक अनि धार्मिक स्थलहरुका बारेमा कार्यक्रम संयोजक शैलेन्द्र थापा मगरले प्रकाश पार्नुभयो ।
Leave a Reply
You must be logged in to post a comment.