हिमालय टाइगरको काठमाण्डाै महानगरपालिकाको मेयर पदमा दाबेदारी

काठमाण्डाै, वैशाख १५ ।



jibss

भरत बहादुर बिसुराल उर्फ ‘हिमालय टाइगर’ ले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार दिने भएका छन्। यसअघि दोश्रो संविधान सभा निर्वाचनमा काठमाण्डाै जिल्ला निर्वाचन क्षेत्र नं. १० बाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेका बिसुराल यसपटक पनि स्वतन्त्र उम्मेदवराका रूपमा प्रस्तुत हुनेछन् ।

नेपाली रेस्लिङ (पहमान) एसोसियशनको संस्थापक समेत रहेका बिसुरालको चुनावी नारा सुन्दर सफा र हराभरा- सभ्य भव्य हाम्रो काठमाण्डाै महानगरपालिका रहेको उनी द्धारा जारी ११ बुँदे एजेण्डा समेतको विज्ञप्तीमा उल्लेख छ ।