चन्द्रागिरि केबलकारको टिकटमा ५० प्रतिशत छुट !

काठमाण्डाै, वैशाख १२ ।
चन्द्रागिरि केबलकारले मातातीर्थ औंसीको अवसरमा आगामी बुधबार सम्पूर्ण आमाहरुलाई ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराउने भएको छ ।

यो छुट व्यवस्था सम्पूर्ण आमाहरुको सम्मानमा गर्न लागिएको कम्पनीले जनाएको छ। छुट अन्तर्गतको टिकट कम्पनीको थानकोटस्थित टिकट काउन्टरमा मात्र उपलब्ध हुनेछ। यो छुट सुविधा लिनेहरुले अन्य छुट पाउने छैनन्। अरु बेला ७ सय रुपैयाँ तिर्नुपर्ने टिकटलाई त्यस दिन आमाहरुले ३५० तिरे पुग्दछ।

 
ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेको छ। भ्यूटावरमा रहेको दुर्विनबाट सगरमाथा लगायत अन्य हिमश्रृङखलाहरुको समेत दृश्यावलोकन गर्न सकिन्छ।