चन्द्रागिरि नगरपालिका ‘लक डाउन’

कोरोना भइरसको सम्भावित संक्रमण रोक्न चन्द्रागिरि नगरपालिका चैत्र १२ गते राति १२ बजे बाट १५ गते राति १२ बजे सम्म ‘लक डाउन’ गरिने भएको छ ।

चन्द्रागिरि नगरपालिकामा अति आवश्यक वाहेकका अन्य सवारी चल्न नदिने प्रमुख नगर प्रमुख घनश्याम गिरीले बताए । ‘निजी गाडीको पनि आवश्यकता र औचित्य हेरेर चल्न दिन्छौं,’ उनले भने । अतिआवश्यक सवारी साधनका चालक र अन्य यात्रु भएमा हेल्थ डेक्समा अनिवार्य स्वास्थ्य परीक्षण गराएर चन्द्रागिरि नगरपालिका भित्रन दिने उनले बताए ।

चन्द्रागिरि नगरपालिका भित्रने नागढुंगामा हेल्थ डेक्स स्थापना भइसकेको छ । चन्द्रागिरि नगरपालिलाई अतिआवश्यक कामबाहेक घर बाहिर ननिस्कन प्रमुख घनश्याम गिरीले आग्रह गरे ।‘हामीले नगरबासीलाइ घरभित्रै बस्न आग्रह गरेका छौ ।

काठमाडौंमा एक जना नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमण भेटिएकाले थप सतर्कता अपनाउदै कडाइ गरिएको उनले बताए ।