चन्द्रागिरी नगरपालिकाका विभिन्न स्थानहरुलाई समेटी हाईकिङ कार्यक्रम हुने

राजधानीको कोलाहाल वाट केहि भए पनि राहात दिने उदेश्यका साथ पथ यात्रा हुने भएको छ । राजधानीको नैकाप देखि ईन्दह हुदै टोटिटोल सम्म यात्रा गरिने भएको हो । लियो रिजन्र्स भ्याली, ३२५ ए १र लालिगुराँस क्लवको आयोजनामा पथ यात्रा गरिन लागिएको हो । चन्द्रागिरी नगरपालिकाका विभिन्न रमनीय स्थानहरुलाई समेटी हाईकिङ अर्थात पथ यात्रा गरिने लालिगुँरास क्लवका अध्यक्ष राकेस खत्रीले जानकारी दिनु भयो “टुगेडर फर टुरिजम” नाम दिइएको उक्त हाईकिङ बिहान ७ः३० बजे नैकाप फुटबल मैदानबाट सुरुभई जम्मा १६ कि.मीको दुरी पार गरि साझ ३ः३० बजे टोटी टोलमा आई सम्पन्न हुने छ । आन्तरिक तथा वाह् पर्यटक लाई जानकारी तथा नयाँ गन्तव्यको रुपमा विकास गर्न पनि कार्यक्रमको आयोजना गरिन लागिएको हो । सयौंको सख्यामा राजधानीकै नजिकै रहेको पर्यटकिय स्थानको खोजि गर्दे गाउँ वस्ती चराचुरुङगी वनजङगल हेदै राजधानीको विभिन्न स्थानको अवलोकन गर्ने समेत यो पथ यात्रा प्रभावकारी हुर्ने वताईएको छ ।

विस्तृत जानकारी तस्विरहरुमा……