थानकोट चेकपोष्ट दुर्घटनामा खड्काको घटनास्थलमै मृत्यु

भर्खरै थानकोट चेकपोष्टमा टिपरले मोटर साईकललाई ठक्कर दिदा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु भएको छ ।

थानकोट चेकपोष्टबाट गुर्जुधारा तर्फ जार्दै गरेको बा ७८ प १४६९ मोटर साईकल र सोहि दिशाबाट जार्दे गरेको बा ३ ख ४५४५ टिपरको ठक्कर बाट २२ वर्षिय श्रीकृष्ण खड्काको घटना स्थलमै मृत्यु भएको हो । सोहि दिशा बाट जार्दे गरेको टिपरले ठक्कर दिर्दा मधुमलला ४ मोरङका २२ वर्षिय मोटर साईकल चालक खड्काको घटना  स्थलमै मृत्यु भएकाे महानगरिय प्रहरी बृत्त थानकोट चेकपोष्टका प्रहरी निरिक्षक बावुराम पोखरेलले जानकारी दिनु भयो । टिपर चालकलाई नियन्त्रमा लिईसकिएको प्रहरीले जनाएको छ ।

चन्द्रागिरी नगरपालिका भित्रका सम्पूर्ण खबरका लागि फेसबुक पेज लाइक गर्नुहोस् ।।।

तपाईको क्षेत्र वरपरका खबर संकलनका लागि सम्पर्क गर्नुहोस् ।।।