देब दर्शन बचत तथा ऋण सहकारी संस्था राजधानीकै उत्कृष्ट सहकारी

काठमाडौं÷ चन्द्रगिरि न्युज सम्वाददाता
काठमाडौंको चन्द्रगिरिमा रहेको देब दर्शन बचत तथा ऋण सहकारी संस्था राजधानीकै उत्कृष्ट सहकारी पुरस्कार वाट सम्मानित भएको छ । ६० औं राष्ट्रिय सहकारी दिवसको अवसरमा डिभिजन सहकारी कार्यालयलले एक कार्यक्रम विच उत्कृष्ट सहकारी पुरस्कार प्रदान गरेको हो ।

काठमाडौंमा सञ्चालित सहकारीमध्ये तीन सहकारीले रचनात्मक काम गरेकोमा पुरस्कृत गरिएको सहकारी डिभिजन कार्यालयले जनाएको छ । डिभिजन सहकारीले क्रमश क्षेत्रपाटीको क्यापिटल बचत तथा ऋण सहकारी संस्था, दक्षिणकालीको कलामैला कृषि सहकारीलाई समेत सम्मानीत गरेको छ ।

डिभिजन सहकारी कार्यालयका प्रमुख आनन्द सारुले काठमाडौंमा सञ्चालित सहकारीमध्ये तीन सहकारीले रचनात्मक काम गरेकोमा पुरस्कृत गरिएको बताए कार्यक्रममा समानित देब दर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राम नारायण घिमिरेले सवैको मेहनत र परिक्षमका कारण मात्र सफल भएको वताउँदै चन्द्रगिरिका स्थानिय जनताहरुको साथ र सहयोगलेनै उत्कृष्ट भएको वताए । ।कार्यक्रमा तिन उत्कृष्ट सहकारीका अध्यक्षलाई सम्मान पत्र प्रदान गरिएको थियो ।