राजधानीको चन्द्रगिरि हाइकिङका लागि उपयुक्त स्थान वन्दै

राजधानी  घना वस्ति र फोहोरका कारण दिन प्रति दिन प्रदुशित वन्दै गईराखेको छ । राजधानीमा यति सम्म भई सक्यौ की राजधानी काष्ठमाण्डप धुवा,धुलो, फाहोर माण्डपको रुपमा रुपान्तरण हुदै गएको छ । राजधानी शहर त्यस माथी पनि निसासिदो वातावरणका कारण राजधानी वासी दिन प्रति दिन रोगी वन्दै गईराखेका छन् । मानिसलाई आवश्यक पर्ने स्वास्थ्य नभए पछि मानव जीवनमा सुखी र निरोगी हुन सकिदैन ।स्वास्थ्य जीवनका लागि शारीरिक कसरत अर्थात व्यायम अति आवश्यक पर्छ । एक जना स्वस्थ मानिसले दैनिक आधा घण्टा देखि एक घण्टा पैदल यात्राको आवश्यक पर्दछ । शरिरलाई चलाएमान राख्न पनि दैनिक हिड्नु पर्ने स्वास्थ्य विज्ञहरुले वताउँदै आईरहेका छन् । तर विड्म्वना हाम्रा मानव जीवनका लागि विहान वा वेलुकीको समयमा पैदल यात्रा गर्ने ठाउँको अभाव देखि सकेको छ ।त्यस माथी पनि विहान र वेलुकीको समयमा अहिले राजधानीमा हिड्न र यात्रा गर्न नसकिने अवस्था आएको हो ।विहानको समयमा धुवा र राजधानीको धुलोका कारण मानव स्वास्थ्यमा गभ्रिर असर पर्ने एक अध्ययणले देखाएको छ ।फोहर र धुलो युक्त क्षेत्रमा सकेसम्म माक्स लगाएर यात्रा गर्नु पर्ने वेला आएको छ । निरोगी मानिसले सफा र स्वच्छ वातावरणमा एक दिनको यात्रा अर्थात् हाइकिङ गर्नु उपयुक्त हुन्छ । मानिसका लागि राजधानकै स्वच्छ र सफा स्थानमा सके एक दिन नसके एक हप्तामा हाइकिङ गर्नु उपयुक्त मानिन्छ ।

के हो त हाइकिङ अर्थात एक दिनको यात्रा

मानिस स्वास्थ्य निरोगी चलायमान स्वस्थ राख्न दैनिक आधा घण्टा देखि एक घण्टा सम्म हिड्नु अतिनै आवश्यकता छ । हाइकिङ भनेको हिँड्नु या पैदल यात्रा गर्नु हो । सकेसम्म गोरेटोमा हिँड्ने । नभए कम गाडी चल्ने ठाउँमा । वा सफा राम्रो नयाँ स्थान वा हाई अल्टिच्युटमा विधि र प्रकियाम रमाईलो गर्दे यात्रा गर्ने कार्यलाई हाइकिङ भनिने गरिएको छ । एक दिनको यात्रा अर्थात् हाइकिङ । बिहान निस्केर बेलुका घर आइपुग्ने र रमाईलो वनाउँने तरिका वाट पनि हाइकिङलाई लिने गरिएको पाईएको छ । राजधानीको निसासिदो वातावरण शहरको व्यस्त जीवनशैलीको तनावबाट शरीर र मन दुवैलाई ’रिफ्रेस’ पार्न खोज्नेहरूबीच लोकप्रिय छ, हाइकिङ

स्वास्थ्यको लागि पदयात्रा

केहि समय पैशा भएकाहरुका लागि मात्र सोकको विषय वनेको पदयात्रा अहिले नेपाली समाजमा यसको महत्व वढेर गएको छ । हाइकिङ गर्दा मानव जिवनमा र मानव स्वाथ्यमा निकनै राम्रो हुने विज्ञहरुले वताउँदै आई रहेका छन् । पश्चिमा शैलीको रुपमा नेपालमा नकल गरेता पनि हाइकिङ नेपाली समाजको पुरानो जीवन पद्धतीमा आधारित रहदै आएको छ । मानव जिवनको पञ्च तत्व र पञ्चशिलामा योग ध्यान जप तप आदि चलिआएकै मद्धतीमा हाइकिङ अथात पदयात्राको नयाँ रुप मात्र हो । स्वास्थ्यको लागि पदयात्रा शारीरिक व्यायाम तथा नयाँ परिवेशको अनुभव गर्न निकैनै फलदायी हुन जान्छ । कुनै पनि स्वस्थ जिवन शैलिकै कारण पनि मानव जिवनमा निरोगी पन तथा मानव स्वाथ्यमा राम्रो प्रभाव पर्ने कारणले पनि हाइकिङ गर्दा ज्यादै फलदायीक हुन जान्छ । हाइकिङममा नयाँ गनत्व्य त्यहाँका कला सस्कृति वोट विरुवा जीवजन्तु र समुदायको जिवन शैलीको वारेमा राम्रो ज्ञान हुन सक्छ । दैनिक यात्रा गर्न नसक्ने र कामको व्यस्थ समय भएकाहरुका लागि हाइकिङम निकैनै फलदायी हुन्छ । महीनाको एकचोटि हाइकिङ जाँदा शरीरबाट पसिना निकाल्न र मजाले रक्तसञ्चार हुने हुर्दा यो निकै फलदायी हुन्छ । डाडा पाखामा डिड्नु स्वास्थ्यको लागि बढी लाभदायक मानिन्छ। ओरालो हिंड्दा खुट्टा दरिलो हुन्छ र शरीरको स्टामिना बढ्छ ।मुटु रोग उच्च रक्तचापलाई पनि यसले धेरै पाईदा गर्ने छ ।

काठमाण्डौं उपत्यका वरपर कहाँकाहाँ छन् त हाइकिङ गर्ने मिल्ने स्थान ??

काठमाण्डौं उपत्यका वरपर धेरै त्यसता हाइकिङ अर्थात पदयात्रा स्थलहरु छन् । जहाँ बिहान शहरबाट निस्केर बेलुकी मज्जाले घर फर्किन सकिन्छ । काठमाडौं उपत्यकाको वरिपरि त्यस्ता धेरै हाइकिङ ट्रेलहरू भध्य राजधानीकै नजिक चन्द्रगिरि, नागार्जुन, शिवपुरी, गोकर्ण, सुन्दरीजल, तारेभीर, झोर, फर्पिङ, चम्पादेवी, बुङ्गमती, गोदावरी, फूलचोकी, लाँकुरीभन्ज्याङ, साँगा, चाँगुनारायण, पनौती, नमोबुद्ध, नगरकोट, साँखु, बल्थली, गुण्डु, ककनी आदि त्यस्ता रुटहरू हुन् । ग्रामिन जिवन शैली ,वनजंगल, चराचुरुङ्गी तथा वनस्पति प्रेमीहरूका लागि त यी हाइकिङ ट्रेलहरू पछिल्ला समय सवै नेपालीहरुको रोजाईमा पर्ने थालेका छन् ।

चन्द्रागिरि

अधिकतम उँचाइः २,४७५ मीटर

हाइकिङ दूरीः १२ किमी

समयः ५र६ घण्टा

विशेषताः पुरानो नेवार बस्ती, मच्छेनारायण मन्दिर, काठमाडौं उपत्यका र हिमाली दृश्य।

चन्द्रागिरि हाइकिङको लागि कीर्तिपुरको मच्छेगाउँबाट यात्रा शुरू गर्न सकिन्छ। त्यहाँबाट छापडाँडाहुँदै चन्द्रागिरि पुगिन्छ। चन्द्रागिरिमा उपत्यका आक्रमणको बेला कालु पाँडेले बनाएको बंकर छ, जसलाई हिजोआज ’कालु पाँडे फोर्ट’ भनिन्छ। थानकोटको गोदामचौरबाट चन्द्रागिरिको डाँडा निस्कने अर्को ट्रेल छ। त्यहाँबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा, मनास्लु, दोर्जे लाक्पालगायतका हिमालहरू देखिन्छ। समय निकाल्न सक्नेहरूले गोदामचौरबाट मकवानपुरको चित्लाङ पुगेर एकरात बसी इन्द्रसरोवरमा बोटिङको मजा लिन पनि सक्छन्।

 

चन्द्रागिरि–तोप्लाङ

 

थानकोट पार्कपछाडि गोदामसम्म गाडीमा। त्यहाँबाट दक्षिण सडकमा उकालिने। २ घन्टामा चन्द्रागिरि भञ्ज्याङ। भञ्ज्याङमा चौबाटो छ। दक्षिण लागे चखेल, भालेश्वर हुँदै मातातीर्थ। दक्षिण–पश्चिममा चित्लाङ। पश्चिम उकालोमा तोप्लाङ। तोप्लाङ रमाइलो छ। त्यहाँबाट २ घन्टा ओरालो झरे नौबिसे। गएकै बाटो फर्कंदा पदयात्रा दुरी २२ किमि। समयः ६ घन्टा। तोप्लाङ २,१०० मिटर। चन्द्रागिरिबाट चारैतिर हरिया डाँडा देखिन्छ। मुन्तिर काठमाडौं र उपत्यकाको शिरमा हिमाल हाँसिरहेको देखिन्छ। गोदामबाट गाडीमा फर्कने।

दहचोक

अधिकतम उँचाइः १,८७७ मीटर

लाग्ने समयः ४-५ घण्टा

हाइकिङ दूरीः १६ किमी

विशेषताः कालु पाँडेको समाधि, शिव मन्दिर, इन्द्रदह, स्वीट्जरल्याण्ड पार्क। राजधानीको चन्द्रागिरि नगरपालिका साविक दहचोक गाउँ विकास समिति अन्र्तगतको इनददह पछिल्ल्लो समय पथ यात्राको रोजाईमा पर्ने थालेको छ । काठमाडौंको कलंकी नैकप र थानकोट वाडभञ्झयाङ हुदै र दहचोक खहरे वा रातोमाटे शिव मन्द्रिर हुदै ईन्ददह पुग्न सकिन्छ ।काठमाडौंको सीतापाइलाबाट भीमढुङ्गाहुँदै पुगिने इन्द्रदह नै दहचोक हो । सामुदायिक वनको बीचबाट जाने यो ट्रेलमा धादिङका केही ठाउँ र काठमाडौं उपत्यकाको रमणीय दृश्य देखिन्छ। कालु पाँडेको समाधि, शिव मन्दिर, स्वीट्जरल्याड पार्क आदि इन्द्रदह हाइकिङमा हेर्न पाइने खास ठाउँ हुन्।