चन्द्रागिरि ।
चन्द्रागिरि नगरपालिकास्थित चन्द्रागिरि हिल्सले सञ्चालन गरेको केबलकारको सुरक्षार्थ चन्द्रागिरि डाँडामा जडान गरिएको क्यामेरामा कैद भएका ३ वटा तस्विर हिल्सले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ । दुर्इवटा स-साना पोखरीमा बनार्इ पानी भरिएको स्थानमा उज्यालोमा खिचिएका २ तस्विरमध्ये एकमा मृगले पानी र अर्कोमा वयस्क चितुवाले पानी पिउन कोशिस गरेको देखियो भने अर्कोमा रातमा वयस्क चितुवाको साथमा ३ वटा बच्चा पनि देखिएका छन् ।
तस्विरः चन्द्रागिरि हिल्सको अाधिकारिक फेसबुकबाट साभार गरिएको हो ।
Leave a Reply
You must be logged in to post a comment.