चन्द्रागिरि ।
अासन्न प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनमा काठमाडौ जिल्ला प्रदेश नं १० ‘ख’ बाट नेपाली काँग्रेसका तर्फबाट प्रत्यक्ष तर्फकाे उम्मेदवार चयन अन्तिम चरणमा पुगेको छ । जिल्ला कार्य समितिले सिफारिस गरेका अाकांक्षीहरु याेगेन्द्र कुमार कुवँर, यमुना श्रेष्ठ, राम श्रेष्ठ, सुर्यनारायण मानन्धर, धर्मानन्द श्रेष्ठ, राजेन्द्रविक्रम बानियाँ, सुदामा ढकाल, धर्म केसी, हिरा बहादुर प्रधान मध्ये मानन्धरकाे नाम अघिल्लो क्रममा रहेकाे स्रोतले चन्द्रागिरिन्युजलाई जानकारी दियो । अन्तिम नामावली भने बुधबार साँझसम्म प्रकाशन हुने बताइएको छ ।
निर्वाचन अायाेगले दाेश्राे चरण (मंसिर २१ गते) काे निर्वाचनका लागि प्रत्यक्ष तर्फका उम्मेदवार मनाेनयन दर्ताका लागि कार्तिक १६गतेकाे कार्यतालिका सार्वजनिक गरिसकेको छ । वाम गठबन्धनमा नेकपा एमालेकाे भागमा परेकाे काठमाण्डाै क्षेत्र नं १० ‘ख’ काे उम्मेदवार अझै टुंगो लागेको छैन् यद्यपि विनाेद श्रेष्ठ, रमा अाले, जनक रिजाल लगायतकाे नाम चर्चामा छ । प्रतिनिधि सभा निर्वाचनका क्षेत्र नं. १० का लागि नेपाली काँग्रेसले निवर्तमान सांसद राजेन्द्र कुमार केसीलाई सर्वसम्मत रुपमा उम्मेदवार घाेषणा गरिसकेको छ, केसी वर्तमान सरकारमा युवा तथा खेलकुद मन्त्री हुन् ।
वामगठबन्धनबाट यस क्षेत्रमा नेकपा माअाेवादी केन्द्रका हितमान शाक्यकाे नाम अग्रपंक्तिमा रहेकाे बताईन्छ ।
तस्विरहरू फेसबुकबाट
Leave a Reply
You must be logged in to post a comment.