काठमाण्डाै, वैशाख २१ ।
स्थानीय निकाय निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट चन्द्रागिरि नगरपालिकाको मेयर पद का उम्मेदवार मदन थापामगरले अाफुले नगरप्रमुखको जिम्मेवारी पाएमा स्वास्थ्य सेवाका लागि अावश्यक कार्यहरू, युवा रोजगारीका लागि विशेष पहल, स्थानीय उध्योगको विस्तार एंव स्तरीकरण, धर्म संस्कृतिको संरक्षण तथा संवर्द्धनमा विशेष जोड दिने बताएका छन् । चन्द्रागिरिन्युजसँगको संक्षिप्त कुराकानीका क्रममा उनले विद्युत, खानेपानी लगायत नगरको दिगो विकासका लागि समयानुसार पहल कदमी चाल्ने बताए । अाफ्नो ३ दशक भन्दा लामो समाजसेवाको अनुभव स्थानीय निकायको विकास र संवृद्धिका लागि दृढ भएर खर्चने थापामगरको भनार्इ छ ।
Leave a Reply
You must be logged in to post a comment.