राजनीतिक दलका झन्डा बिक्रि भएनन्

rajnitik jhanda flag

राजनीतिक दल तथा उम्मेदवारहरूको डिजिटल प्रचार सामग्रीप्रतिको आकर्षण तथा निर्वाचन आयोगको ‘कडा आचारसंहिताको कारण’ झण्डा, ब्यानर जस्ता प्रचार सामग्रीको बिक्री घटेको सम्बद्ध व्यवसायी तथा कामदारहरूले चिन्ता व्यक्त गरेका छन्।



jibss

विगत निर्वाचनहरूमा भएको माग तथा बिक्रीकाआधारमा दलका झण्डा, ब्याज जस्ता चुनावी प्रचार सामग्री तयार गरेपनि यसपटक आफूहरूको लगानी जोखिममा परेको उनीहरूको चिन्ता छ।

निर्वाचन आयोगले चुनावी प्रचार सामग्री प्रयोगमा कडाइ गर्नुका साथै आचारसंहिता विपरीत प्रचार सामग्री प्रयोग गरेमा उम्मेदवारी खारेजीसम्मको कारबाही गरिने चेतावनी दिएको छ।