काठमाडौं, वैशाख १९।
अाज पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता गरिँदैछ । सात सय ४४ वटा स्थानीय तह मध्ये वैशाख ३१ गते तीन प्रदेशका ३४ जिल्लाका दुई सय ८३ वटा स्थानीय तहका लागि निर्वाचन हुनेछ ।
सात सय ४४ वटा स्थानीय तहमध्ये वैशाख ३१ गते तीन प्रदेशका ३४ जिल्लाका दुई सय ८३ वटा स्थानीय तहका लागि निर्वाचन हुन लागेको हो । सम्बन्धित स्थानीय निकायको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आज हुने उम्मेदवारी मनोनयनमा उत्साहपूर्वक सहभागी हुन सबै राजनीतिक दल र उम्मेदवारलाई आह्वान गरेको छ ।
आयोगले सोमबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा आयुक्त डा. अयोधी प्रसाद यादवले पूर्व निर्धारित निर्वाचनका कार्यक्रममा कुनै फेरबदल नहुने भएकाले स्थानीय तहको निर्वाचनका लागि सबैको सहभागितामा हुने मनोनयन कार्यक्रम पश्चात् निर्वाचनका बारेमा उठेका शङ्का उपशङ्का र द्विविधा आफैँ हटेर जाने बताए ।
प्रमुख आयुक्त डा. यादवले निर्वाचनका लागि उम्मेदवारी दर्ता भएसँगै उम्मेदवारलाई निर्वाचन आचारसंहिता लागू हुने भएकाले निर्वाचनको प्रचारप्रसार गर्दा आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिए ।
Leave a Reply
You must be logged in to post a comment.