उग्रपन्थी र दक्षिणपन्थी दुवै माक्रसवादका लागि हानिकारक : चित्रवहादुर केसी

राेसन दानी
काठमाडौ / १५ जेठ
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उग्रपन्थी र दक्षिणपन्थी दुबै माक्र्सवादका लागि हानिकारक भएको उल्लेख गर्दै उत्पादनका साधनमा स्वामित्व विस्तार नगरी समाजवादमा जान नसकने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शान्तिपूर्ण प्रतिस्पर्धाका आधारमा कम्युनिष्ट पार्टीको अगुवाइमा समाजवादको आधार तय हुँदै गएको बताएका छन् ।

विश्व सर्वहारा वर्गका नेता कार्ल माक्र्सको जन्म द्विशतवार्षिकीका अवसरमा नेपाल कम्युनिष्ट पार्टी र नेकपा मसाल ले आयोजना गरेको “माक्र्सवाद र समाजवाद” विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले माक्र्सवादको मार्गदर्शनमा नेपालमा कम्युनिष्ट पार्टीको अगुवाइमा समाजवादको आधार तय हुँदै गएको बताए ।

कार्यक्रम नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० बीचको ऐतिहासिक एकताबाट निर्मित नेकपाले राजनीतिक स्थिरता, आर्थिक समृद्धि, सामाजिक न्याय र समानता कायमसहित समाजवादतर्फको यात्रा तय हुने बताए ।

प्रधानमन्त्री ओलीले भने, “नेकपाले सामान्तवाद र साम्राज्यवादको विरोध गर्दै लोकतान्त्रिक आन्दोलनमा सफलता हासिल गरी अब श्रमिक वर्गको चाहनालाई पूरा गर्न समृद्ध समाजवादी यात्राका लागि बाटो तय गर्नेछ ।”

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाले हासिल गरेको नेपालमा हालैको निर्वाचनको जनमत र त्यसपछि दुई ठूला कम्युनिष्ट पार्टीबीच भएको एकता सही रणनीतिका साथ जनवादको प्रयोग गर्दै समाजवादको आधार तय गर्न अग्रसर रहेको बताए ।

नेकपाका वरिष्ठ नेता एवं सम्मेलन आयोजक समितिका संयोजक माधवकुमार नेपालले विश्वका सबै कम्युनिष्ट र समाजवादी तथा विरोधी धारमासमेत माक्र्सवादलाई समाज विज्ञानको दर्शनका रुपमा लिएको बताउँदै अहिले पनि सो दर्शन उत्तिकै सामयिक रहेको वताए ।

सम्मेलनमा चीन, भारतलगायत विश्वका करीब १५ मुलुकका समाजवादी, कम्युनिष्ट र श्रमिक पार्टीका प्रतिनिधि सहभागी छन् ।