“सडक सुधार र फोहोर व्यवस्थापनमा जोड दिन्छु” रमा अालेमगर

काठमाडौ निर्वाचन क्षेत्र नं १० प्रदेस क्षेत्र ‘ख’ का प्रदेस सभा सदस्य रमा आले मगरले आफ्नो क्षेत्रको सडक सुधार, फोहोर व्यवस्थापन, एकिकृत चन्द्रागिरि पर्यटन मार्गको विकास र खानेपानीको समस्या समाधान, विकास निर्माण र क्षेत्रको सम्वृद्धिको लागि भूमिका खेल्ने र निर्वाचनमा जनता संग गरेका वाचा र नेपालको इतिहासमा पाएको स्वर्णिम अवसरलाई मन वचन र कर्मले पुरा गर्ने बताएकी छन ।

उनले प्रदेसमा बनाउनु पर्ने नियम ,कानुन,विधि र प्रक्रिया निर्माण गर्ने काममा सक्रिय हुने बताउदै चन्द्रागिरी नगरपालिका सहित आफ्नो क्षेत्रमा रहेका सांस्कृतिक सम्पदाको पुननिर्माणका साथै यातायातमा भएको समस्या न्यूनीकरणको लागि पहल गर्ने समेत बताइन ।

उनले प्रदेस सभामा गर्नुपर्ने काममा सक्रियता पुर्वक लाग्ने भन्दै क्षेत्रको भौतिक ,सांस्कृतिक र सामाजिक विकास बिशेष पहल गर्दै क्षेत्रको समस्याहरुलाई योजनामा पारेर बिकास निर्माणमा लाग्नु नै रहेको बताइन।

त्यसका साथै उनले सडक बिस्तारले पारेको समस्यालाइ न्यूनीकरण गर्न स्थानीय संग छलफल गर्दै समस्या न्यूनीकरणमा पनि आफुले भूमिका खेल्ने बताइन।

उनले शिक्षा ,स्वास्थ्य ,रोजगारी ,सडक र खानेपानीको लागि तीन वटै स्थानीय ,संघिय ,केन्द्र सरकार संग समन्वय गरि आवश्यक योजना सहित अघि बढ्ने बताइन ।

उनले क्षेत्रका जनता संग निर्वाचन दौरान गरेका वाचा र प्रतिवदत्ताहरु पुरा गर्न दत्तचित भएर लाग्ने भन्दै निर्वाचनको दौरानमा आहोरात्र खट्ने सबै समर्थक,सुभ चिन्तकहरुलाई मतदाताहरुलाई बिशेष धन्यवाद समेत दिएकी छिन ।