समानुपातिकको अपडेटः एमाले पहिलो, कांग्रेस दोस्रो

२४ मंसिर, काठमाडौं । पहिलो चरणमा निर्वाचन भएका हिमाली जिल्लामा समानुपातिकतर्फको मतगणना भइरहेको छ । करिब आधा दर्जन निर्वाचन क्षेत्रमा भइरहेको मतणनाको प्रारम्भिक नतिजा अनुसार एमालेले सबैभन्दा बढी मत पाएर पहिलो स्थान लिइरहेको छ भने कांग्रेसले एमालेलाई पछ्याइरहेको छ ।

प्रत्यक्षतर्फ कांग्रेसभन्दा अगाडि रहेको माओवादी समानुपातिकमा भने तेस्रो स्थानमा छ । मधेसका जिल्लामा समानुपातिकको मतगणना भएकाले राजपा र फोरमको खासै मत खसेको छैन । तथापि पहाडमा समेत राजपाले राम्रो मत ल्याएको छ ।

कांग्रेस, एमाले र माओवादी बाहेक समानुपातिकमा चौथो स्थानको मत नयाँशक्ति पार्टीले ल्याएको छ । नयाँशक्तिले भन्दा विवेकशीलले न्यून मत पाइरहेको निर्वाचन आयोगको तथ्यांकमा देखिन्छ ।

आइतबार बिहानसम्म समानुपातिकतर्फ खसेको मत यस्तो छ-
१. नेकपा एमाले- ७३२९३
२. नेपाली कांग्रेस- ६९८४९
३. माओवादी केन्द्र -३०२६२
४. नयाँ शक्ति – ५२४१
५. राजपा-३४८५
६. राप्रपा- २४००
७. विवेकशील साझा- ८३७
८. राप्रपा प्रजातान्त्रिक -६०४
९. संघीय फोरम -४५८