चन्द्रागिरी नगरमा नेकपा (एस)को नगर कमिटी घोषणा

चन्द्रागिरिको भेलाले भाइकृष्ण बलामिको नेतृत्वमा नेकपा (एस) चन्द्रागिरी गठन गर्यो। उपाध्यक्षमा श्रुति पन्डित, सचिबमामा श्री प्रसाद रुपाखेती , सह सचिबमा लक्ष्मि बहादुर महर्जन र राजकुमार महर्जन सहित ८१ जनाको कमिटी घोषणा गरेको छ। कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय उप महासचिब कमरेड बिजय पौडेल बिशेष अतिथि कमरेड रमा आले मगर अतिथिमा काठमाडौ जिल्ला अध्यक्ष कमरेड कुसुम कार्की ,उपाध्यक्ष कमरेड बटु कृष्ण थापा प्रदेश कमिटी सदस्य प्रल्हाद कार्की लगायत जिल्ला कमिटी र क्षेतृय सम्योजक हरुको उपस्थिति रहेको थियो। कार्यक्रम सन्चालन कमरेड अमिर श्रेष्ठले गर्नु भयो भने स्वागत मन्तव्य कमरेड दिपक तिमल्सिनाले गर्नु भएको थियो।
कार्यक्रममा नबनिर्बाचित अध्यक्ष भाइ कृष्ण बलामिले चन्द्रागिरी नगरमा नेकपा (एस) बलियो रुपमा उदाएको जिकिर गर्नु भयो। प्रमुख अतिथि बिजय पौडेलले mcc कुनै पनि हालतमा पास गर्न नहुने बताउनु भयो भने कमरेड रमा आलेले समाजबादी पार्टी एक्लै पनि चुनाबमा जादा सम्मानजनक मत।ल्याउने बताउनु भयो।

काठमाडौ जिल्ला का अध्यक्ष कमरेड कुसुम कार्किले हरेक पार्टी कमिटी बिधिर बिधानमा रहेर सन्चालन हुनु पर्ने बताउनु भयो