नेकपा माओवादी केन्द्रले काठमाडौं क्षेत्र न १० मा चुनाब परिचालन समिति घोषणा

काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौं-१० मा मुकुन्द प्रसाद घिमिरेको संयोजकत्वमा निर्वाचन परिचालन समिति घोषणा गरेको छ । शुक्रवार कीर्तिपुरस्थित बाघभैरव पार्टी प्यालेसमा आयोजित उम्मेदवार परिचय कार्यक्रममा निर्वाचन परिचालन समिति घोषणा गरेका हुन् ।

समितिको सह संयोजकको जिम्मा सञ्जय लामालाई दिइएको छ । निर्वाचन परिचालन सदस्यमा निर्वाचन क्षेत्रमा रहेका पार्टीका केन्द्रीय सदस्यहरू, सल्लाहकार परिषद्का सदस्यहरू, प्रदेश समिति सदस्यहरू, प्रदेश समिति सल्लाहकार परिषद्का सदस्यहरू, प्रदेश परिषद् सदस्यहरू, जिल्ला समन्वय समिति सदस्यहरू, सल्लाहकारहरू, निर्वाचन क्षेत्र स्तरीय समन्वय समिति सदस्यहरू, प्रदेश क्षेत्र समन्वय समिति सदस्यहरू, नगर समितिका सदस्यहरू, जनवर्गीय सङ्गठन मोर्चाका केन्द्रीय सदस्यहरू, जनवर्गीय सङ्गठनका जिल्ला सदस्यहरू, नगर अन्तर्गतका जनवर्गीय सङ्गठनका अध्यक्ष तथा इन्चार्जहरू, वडाध्यक्ष तथा सदस्यहरू, पेसागत सङ्गठनका सदस्यहरू आदि रहनेछन् ।

त्यसैगरी निर्वाचन परिचालनका लागि विभिन्न उपसमितिहरू पनि गठन गरेको छ । दिल बहादुर महर्जनको संयोजकत्वमा आर्थिक समिति, रूपा महर्जनको नेतृत्वमा प्रचार प्रसार समिति, क्षेत्र स्तरीय प्रतिबद्धता लेखन समिति, नारायण विष्टको नेतृत्वमा युवा परिचालन समिति, सुदर्शन बज्राचार्यको संयोजकत्वमा कार्यालय व्यवस्थापन समिति, डा. शिवशरण महर्जनको संयोजकत्वमा शिक्षक, कर्मचारी र बुद्धिजीवी परिचालन समिति, विर प्रसाद भंसारीको नेतृत्वमा सांस्कृतिक समिति र गोपी सुखेलीको संयोजकत्वमा जनवर्गीय सङ्गठन मोर्चा परिचालन समिति गठन गरिएको छ ।

सिट बाँडफाँटमा असन्तुष्टि जनाउँदै काठमाडौं १० मा प्रतिनिधिसभा तर्फ निवर्तमान सांसद तथा पोलिटव्युरो सदस्य अञ्जना विशंखे गठबन्धनका साझा उम्मेदवार कांग्रेसका राजन केसीविरुद्ध  उम्मेदवारी दिएकी छन् ।

त्यसतै प्रदेशतर्फ एक नम्बरमा दिलीप महर्जन र २ नम्बरमा गणेश कुँवरले उम्मेदवारी दिएका छन् । पार्टीको राम्रो जनमत भएको क्षेत्रमा गठबन्धनले भाग नदिएपछि उनीहरू उम्मेदवार बनेका हुन् ।

माओवादीले काठमाडौंबाट १० मा पार्वती थापा र धन बहादुर महर्जनलाई समानुपातिक उम्मेदवार बनाएको छ । त्यसैगरी हिरा बहादुर महर्जनलाई प्रदेश सभातर्फ समानुपातिक उम्मेदवार बनाएको छ ।

नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेश सभा (ख)  र  माओवादीले प्रदेश सभा (क) मा उम्मेदवारी दिने गठबन्धनकाे सहमति भएकाे थियाे । तर कांग्रेसले प्रदेश (क) मा पनि उम्मेदवार उठाएपछि माओवादीले प्रतिनिधिसभा र दुवै प्रदेशमा उम्मेदवारी दिएकाे हाे ।