
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि जनता समाजवादीले काठमाण्डाै क्षेत्र नं. १० मा उम्मेदवारी दर्ता गरेको छ ।
प्रतिनिधि सभा सदस्यमा जनता समाजवादी तर्फबाट संगम शर्मा नेपालले उम्मेदवारी दर्ता गरेका छन् ।
साथै जनता समाजवादी तर्फबाटै क्षेत्र नं. १० को प्रदेश तर्फ उम्मेदवार ‘क’ बाट पञ्चलाल महर्जन तथा ‘ख’ रमेशचन्द्र प्रधानले मनोनयन दर्ता गराएका छन् ।