
काठमाडौं कात्तिक ६ । नेकपा एमाले चन्द्रागिरि-१ दहचाेक वडा कमिटीको अध्यक्षमा कबिराज खड्का निर्वाचित भएका छन् ।
चन्द्रागिरि नपा नगर १ नं वडा कमिटी दहचोकका अध्यक्ष एवं वडाध्यक्ष राजेन्द्र के.सी.को सभाध्यक्षतामा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री क.केपी शर्मा ओली को भर्चुअल आतिथ्यता, बागमती प्रदेश कमिटी सदस्य हरिशरण थापाको बिशेष आतिथ्यता, काठमाडौं जिक सचिवालय सदस्य अबन्ति सिग्देल आतिथ्यतामा भएको वडा अधिवेसनले कविराज खड्कालाई चयन गरेको हो।
अधिवेसनले उपाध्यक्षमा शान्ता गिरी, सचिव राजन गिरी र दिनेश थापा मगर सहसचिवमा सृजना थापालाई चयन गरेकाे छ ।
अधिवेसनबाट नवराज गिरी,राजन गिरी,गंगाराम थापा,सरीता गिरी,नारायण बुढाथोकी,नारायण बखती,सानू राेक्का,राम थापा,अनिता गिरी,उदयकुमार सिग्देल,भुवन थापा मगर,हरिभजन खड्का,राजाराम सुवेदी,भवानी लम्साल,रामहरि राेक्का,बासुदेव कार्की,विनाेद तामाङ,सरस्वती राेक्का कुशुम गिरी,रेशम तामाङ,सुशीला भण्डारी खत्री,उर्मिला सिग्देल,भिमबहादुर तामाङ नभराज केसी सदस्यमा निर्वाचित भएका छन ।
२९ सदस्सीय नेकपा एमाले चन्द्रागिरि नपा नगर १ नं वडा कमिटी सर्वसम्मत रुपमा चयन, पश्चात् नेकपा एमाले चन्द्रागिरि १ बाट निर्वाचित वडा अध्यक्ष राजेन्द्र केसीले समग्र चन्द्रागिरिकाे अार्थिक,सामाजिक रूपान्तरण एक भएर लाग्नु पर्ने बताए । उनले दहचाेकमा एमाले सधै पहिलाे र वलियाे शक्ति रहेका कारण आगामी निर्वाचनमा पनि पहिलाे शक्तिकाे रूपमा रहनेमा दुई मत नहुने जिकिर गरे ।
बागमती प्रदेश कमिटी सदस्य .हरिशरण थापाले नब निर्वाचित कमिटीका सवैलाई धन्यवाद व्यक्त गर्दै सिङ्गो समाज र राष्ट्र निर्माणकार्य एक भएर लाग्न आव्हान गरे । उनलेे देश भक्त शक्तिहरू सकारात्मक दिशामा आउनु पर्ने भन्दै देशमा विधिको शासन कायम गर्न प्रतिक्रियावादी र भ्रष्टहरूलाई एक भएर पाखा लगाउने दिन आईसकेकाे उनकाे भनाई छ ।
आतिथ्यतामा अध्यक्ष मण्डलका सदस्य एवं नि.अध्यक्ष राजेन्द्र के.सी.बाट राजनैतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै हार्दिक बधाई सहित मंगलमय शुभकामनाका साथ प्रमुख अतिथि बाट सपथग्रहण लगत्तै मोटरसाइकल -र्याली गर्दै पार्टी कार्यालय खहरे बजार पुगि नबनिर्बाचित अध्यक्ष कबिराज खड्का लगायत पदाधिकारी र सदस्यहरु बाट पद बहाली गरि प्रथम वडा अधिवेशन सफल पार्न भूमिका निर्वाह गर्ने सबैलाई हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्दै सभ्य र भव्य रूपमा सम्पन्न भएकाे थियाे ।