माओवादी केन्द्रबाट काठमाण्डाै क्षेत्र नं. ९ प्रदेश ख का लागि उम्मेदवार सिफारिस

556

माओवादी केन्द्रबाट काठमाण्डाै क्षेत्र नंं ९ प्रदेश ‘ख’ मा प्रत्यक्षतर्फ ५ तथा समानुपातिकतर्फ ९ जनाको नाम सिफारिस गरेको छ।

नेकपा माओवादी केन्द्रले मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि काठमाण्डाै क्षेत्र नं. ९ तथा प्रदेश ‘ख’ बाट सम्भावित उम्मेदवारहरूको नाम केन्द्रमा सिफारिस गरेको हो।

आइतबार बसेको नेकपा माओवादी केन्द्रको बैठकले संघीय सभा प्रतक्ष तर्फ हितमान शाक्य र प्रदेश सभा प्रतक्ष तर्फ दिल बहादुर श्रेष्ठ,मधुसुदन शर्मा अधिकारी, मनोज थापा मगर र शंकर दुलाल नाम सिफारिस गरेको हो।

यस्तै, संघीय सभा समानुपातिक तर्फ इस्वर चन्द्र ज्ञवाली, सुवास कुमार ढकाल, सरस्वती सुनार र प्रदेश सभा समानुपातिक तर्फ देवकी पौडेल(सलिना), हरिशरण बरुवाल, नारायण ध्वज महत, नारायण प्रसाद सिग्देल, सुमन श्रेष्ठ र लक्ष्मी विष्ट नाम सिफारिस भएको बताइएको छ ।