
नेपाली कांग्रेसले असोज ५ गते काठमाडौंमा वडा अधिवेशन गर्ने भएको छ।
आज बसेको नेपाली कांग्रेस काठमाडौं, जिल्ला कार्य समितिमा केन्द्रीय निर्बाचन आयोगबाट कार्यदेश सहित मनोनयन भएर आउनु भएका बरिष्ठ आधिबक्ता नरहरि आचार्यले जानकारी गराउंदै जिल्ला सभापति कृष्ण सबुज बानियाँलाइ आफ्नो पत्र बुझाउनु भयो ।
उक्त अवसरमा नेपाली कांग्रेसद्वारा परिवर्तन गरियको दोस्रो निर्बाचन सुची अनुसार असोज ५ गतेका दिन महानगर र नगरपालिकाहरुको सम्पूर्ण वडा अधिबेशन सम्मपन्न गर्न सम्पूर्ण तयारीहरु पुरा भएको कुरा जिल्ला सभापतिले जानकारी गराउनुका साथै बैठकमा सहभागी जिल्ला कार्य समिति, क्षेत्रीय सभापति नगर सभापतिहरुलाई तयार रहन निर्देशन गर्नु भएको कुरा बैठकमा चन्द्रागिरि नगर समितिका सचिब राजेन्द्र बिक्रम बानियाले जानकारी गराउनु भयो