चन्द्रागिरि नगरपालिकाबाट निरज प्रजापति नेपाल तरूण दल केन्द्रीय तदर्थ कार्यसमिति सदस्यमा मनोनयन

चन्द्रागिरि।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको तदर्थ समितिमा चार सय सदस्य थप गरिएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्वान गुरुङको अध्यक्षतामा रहको तरुण दलको तदर्थ समितिमा गएराति चार सय सदस्य थप गरेका हुन् ।

सभापति देउवाले सातै प्रदेशमा गरी सदस्य थप गरेको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले जानकारी दिए ।

यसै चन्द्रागिरि नगरपालिकाबाट निरज प्रजापति तरूण दलको सदस्यमा मनोनित भएका छन् भने प्रजापति स्थानीय तह निर्वाचन २०७८ को चन्द्रागिरि वडा नं. १० बाट वडा अध्यक्ष उमेदवारीपनि दिएका थिए।

यसअघि महिला संघको तदर्थ समितिमा पनि उनले सदस्य थप गरेका थिए ।