एकीकृत समाजवादीबाट प्रतिनिधिसभालागि काठमाण्डाै क्षेत्र नंं ९ मा विजय पौडेल र १० मा बटुकृष्ण थापा सिफारिस

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले आगामी मंसिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाण्डाै क्षेत्र नंं ९ र १० बाट उम्मेदवारको नाम सिफारिस गरेको छ।

प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर ९ को उम्मेदवारका लागि विजय पौडेल र क्षेत्र नम्बर १० को उम्मेदवारका लागि बटुकृष्ण थापालाई सिफारिस गरिएको हो।

प्रदेश तर्फ काठमाण्डाै क्षेत्र नं. १० ख तर्फ प्रत्यक्षमा रमा आलेमगर सर्वसम्मत सिफारिस भएको बताइएको छ । समानुपातिक तर्फ क्षेत्र नंं १० प्रल्हादबहादुर कार्की तथा प्रदेश तर्फ कमला बलामीको नाम सिफारिस भएको एकीकृत समाजवादी स्रोतले जानकारी दियो ।