नेपाली कांग्रेस चन्द्रागिरि नगरपालिका वडा नं ८ इकाई समितिको सभापतिमा विजय श्रेष्ठको दाबि

काठमाडौं भाद्र २८ । नेपाली काँग्रेसको १४औँ महाधिवेशन केन्द्रित गतिबिधि तीव्ररूपमा चलिरहेको छ । अन्य जिल्लामा महाअधिवेशन चलिरहदा काठमाडौं लगायतका अन्य जिल्लामा भने महाधिवेशनको मिति टुंगो नलागे पनि यति बेला काठमाडौं जिल्लामा काङ्ग्रेसका नेता, कार्यकर्ताहरु पूर्णरूपले अधिवेशन केन्द्रित हुन थालेका छन् ।

काठमाडौंमा नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुको भेला, भेटघाट गर्दै अधिवेशनको परिणाम सर्वसम्मत साथै योग्यहरुको नेतृत्वमा पुर्याउन सक्रिय छ । अहिले नेपाली कांग्रेसका क्रियाशील सदस्यहरु विच नेताहरु नेतृत्वको दावी सहित पुगिरहेका छन भने आफ्नो उम्मेदवारीको उदेश्य र महत्वका वारेमा छलफल गरिरहेका छन।

त्यसै क्रममा नेपाली कांग्रेस १४ औं महाधिवेशनमा काठमाडौं क्षेत्र नं. १० को चन्द्रागिरि नगरपालिका वडा नं ८ इकाई समितिको सभापतिमा विजय श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरेका छन ।

करिब दुई दशक देखि काङ्ग्रेसमा निरन्तर सकृय भएर लागेका उनी पछिल्ला समयमा युवाहरुमाझ लोक प्रीय रहेका छन ।नेपाली कांग्रेसलाई विजयी बनाउनका लागि अग्रज,प्रौढ ,युवा सहित सबैलाई सम्मानजनक रुपमा समेटेर अगाडी बढाउने योजनामा रहेको बताउदै श्रेष्ठले नेपाली कांग्रेसमा युवाहरुको आकर्षण बढीरहेको समयमा युवा नेतृत्व आवश्यक रहेको र आसन्न चुनावमा युवाहरुको भूमिका महत्वपूर्ण हुने भएकोले नेपाली कांग्रेसमा आबद्ध युवाहरुको चाहना र भावनालाई सम्मान गर्दै आफूले इकाई सभापतिको दावि गर्न लागेको जानकारी गराएका छन ।

उनि आफूले युवापुस्ताको आवाज बोक्दै अग्रजहरुलाई सम्मान दिएर कार्य गर्दै विधि पद्धतिमा रहेर पार्टीलाई सक्रिय बनाउने, काम गर्दा सबैसँग सल्लाह गरेर मात्र गर्ने र आउँदै गरेको चुनावमा पार्टीलाई अत्यधिक मतका साथ जिताउने गरी काम गर्ने योजना बनाएर आफूले इकाई सभापतिका लागि उम्मेदवारी घोषणा गरेको बताउदै क्रियाशील सदस्यहरुलाई अत्यधिक मत दिई आफुलाई निर्वाचित गराउन समेत आग्रह गरेका छन ।