राप्रपाको केन्द्रीय सदस्यमा युवा नेता देवेन्द्र प्रधान निर्वाचित



jibss

मंसिर,काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनको मत परिणाम सार्वजनिक भएको छ।

नयाँ नेतृत्वका लागि भएको चुनावमा केन्द्रीय सदस्यमा युवा नेता देवेन्द्र प्रधान विजयी भएका छन् । प्रधानले जनजातिको कोटाबाट १२१६ मत पाएर निर्वाचित भएका हुन् ।

संविधानसभा २०७० को निर्वाचनमा काठमाडौं ९ बाट प्रतक्ष्य उम्मेदवार बनेका उनले ६ हजारभन्दा बढी मत पाएका थिए ।

चन्द्रागिरिका युवा पंक्तिमा र सञ्चार माध्यम छाईरहने नेता मध्यका प्रदान लाेकप्रिय नेता समेत हुन् ।

पटक पटक भएका आन्दोलनमा सक्रिय रुपमा भूमिका खेल्दै आएका प्रधान विकास निर्माण कार्यमा अतुलनीय योगदान प्रस्तुत गर्दै प्रत्यक्ष तथा अप्रत्यक्ष विभिन्न सामाजिक कार्यहरु मार्फत स्थानीयको मन जित्ने कार्य गर्दैआएका छन।

बिगत १५ वर्ष देखि सक्रिय सदस्य लिए बाट निरन्तर रुपमा राप्रपाको मुल मर्म र सिद्धान्तलाई आत्मसाथ गरि पार्टी,संगठनलाई जोगाउन सक्रिय रहेका छन। नेता प्रदान तत्कालीन पाटीबाट सर्वदलीय पाटी प्रतिनिधि समेत हुन् । उनी विभिन्न राजनीतिक दल जनमाेर्चा,समाजबादी लगायत दलहरू संग कसरी विकास र समृद्धिमा याेगदान लगायत राजनीतिक छलफलमा व्यस्त हुँदै अाईरहेका छन् ।