एकदिने महिला तालिम सम्पन्न

574

आज मिती २०७६ जेठ ४ गते शनिबारको दिन चन्द्रागिरी नगरपालिका वडा नं ३ स्तरिय १ दिने महिला तालिम थानकोटको ग्रीन्ल्यान्ड ब्याङ्क्वेटमा सम्पन्न भयको छ। यस तालिमको संयोजक समाजसेवी महिला नेत्री मनमैंया गिरीज्यु हुनुहुन्थ्यो भने आयोजक चन्द्रागिरी नगरपालिका वडा नं ३ थियो।

संयोजन सहजिकरण रुकुमिणी गिरी, भगवती श्रेष्ठ तथा यशोदा थापामगर ज्युले गर्नुभयको थियो वडा नं ३ का २६० जना महिला दिदी बहिनीले तालिम प्राप्त गरि प्रमाण पत्र पनि ग्रहण गर्नुभयो। तालिम ३ चरणमा संचालन भयो। पहिलो चरणमा एड्भोकेट बिष्णु बस्यालबाट नेत्रित्व बिकास शीप तालिम प्रदान गरियो।

त्यसपछि रिटायर्ड डि. एस्. पी एड्भोकेट हिरा गिरीज्युबाट लैङ्गिक हिंसा र कानुन सम्बन्धि तालिम प्रदान गरियो। अन्त्यमा वाताबरण संरक्षण सन्बन्धि तालिम प्रदान गरियो। कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख घनश्याम गिरी हुनुहुन्थयो भने अन्य अतिथिमा वडा नं ३ का वडाध्यक्ष दुर्गालाल महर्जन, नेपाल महिला संघ काठमाडौंका अध्यक्ष विष्णु देवी पुडासैनी,पुर्व सभासद राज्य लक्ष्मी श्रेष्ठ, हरिप्रिया पाण्डे, कमला राजभण्डारी तथा गोमा गुरुङ् हुनुहुन्थ्यो।