भ्रमण बर्ष २०२० को अबसर पारेर चन्द्रागिरि नगरपालिकाको थानकोट स्थित कोटघरमा यही पौष १९ गते शनिबार एकदिने खाना महोत्सब हुन लागेको हो | साथै उक्त खाना महोत्सबमा स्थानिय कला सस्कृति झल्किने प्रस्तुती संगै बिभिन्न झाकी समेत देखाइने आयोजक परिवर्तनशिल समाजका अध्यक्ष लेमन श्रेष्ठले बताए | प्रदेश सरकार र चन्द्रागिरि नगरपालिकाको सहकार्यमा आयोजित महोत्सबको सम्पूर्ण तयारी पुरा भैसकेको छ भने उक्त खाना महोत्सबमा स्वदेशी र बिदेशी गरी २००० पर्यटकको उपस्थिती रहने आयोजकले बताएको छ |

Leave a Reply
You must be logged in to post a comment.