
- 304Shares
चन्द्रागिरि, चन्द्रागिरि नगरपालिका वडा १२ बलम्बु एतिहासिक प्रथम चन्द्रागिरि नगरपालिका स्तरीय बाँसुरी वादन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । सभासद प्रदेश ९ ‘ख’ को केशब प्रसाद पोखरेल को प्रमुख अतिथि एबं च.न.पा. नगर प्रमुख घनश्याम गिरि, उपप्रमुख लिशा नकर्मी बिशिस्ट अतिथिका रुपमा आमन्त्रित सो कार्यक्रम अन्य संस्थाका प्रतिनिधिहरु लगायत जनसमुदायहरुको उपस्तिथ थियो । हसना भास्तिपुर साकोस को मुख्य प्रायोजक रहेको प्रतियोगितामा बन्थोक बाँसुरी खल, नैकाप प्रथम भएको छन् । यसैगरी झिगु नेवा: बाँसुरी खल, थानकोट द्वीतिय र नांसुरी बाजा खल, मातातीर्थ तृतीय र सान्त्वनामा संस्कृतिक संरक्षण समिति भएका छन् । पुरस्कारको राशी प्रथम, द्धितीय र तृतीय र सान्त्वना स्थानलाई क्रमश नगद रु.५०,०००/–, २५,०००/–, १२,५००/– र ५,००० विशेष पुरस्कृत समूहलाई प्रमाण–पत्र प्रदान गरिएको थियो ।
चन्द्रागिरी नगरपालिका करिब ९ बाजा खल समुह हरुले भाग लिएको उक्त कार्यक्रममा समसामयिक बिषयमा कलाहरु प्रस्तुत् गरेका थियो ।
सहप्राध्यापक पड्म कन्या कलेज, नेपाल मियुजिक सेन्टर बरिस्ठ बाध्य वादक गुरु न्हुच्छे बहादुर डंगोल, मियुजिक हाउस किर्तिपुर बरिस्ट बासुरी गुरु रमन महर्जन तथा सिन्ह स्वाँ दाफा खलःको खी गुरु रुक्क्षित श्रेष्ठ रहनु भएको मुल्यांकन समितिले प्रतियोगी प्रस्तुतिको मुल्यांकन गर्नु भएको थियो ।नेपाली संस्कृतिक एक महत्वपूर्ण विधा रहेको र हालसालै अन्य विधाको तुलनामा बासुरी त्यति अघि बढन नसकेकाले यस्तो प्रतियोगिताको आयोजना गरिएको र भब्बिश्यमा पनि यस्ताखालका प्रतियोगिताहरु गरिने सिन्ह स्वाँ दाफा खलःका अध्यक्ष रोनिष महर्जनले बताउनुभयो ।
- 304Shares
Comments
