काठमाडौँ । २८ औँ अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा शनिबार गुर्जुधारामा बोसिया खेलकुद प्रतियोगिता भएको छ । चन्द्रागिरि नगरपालिकाको आयोजनामा सम्पन्न उक्त खेलकुद प्रतियोगीतामा २० जना खेलाडीको सहभागिता रहेको थियो ।
प्रतियोगिता औपचारिक सत्रमा आफ्नो मन्तव्य दिदै चन्द्रागिरि नगरपालिकाका वडाका प्रमुख एवं प्रतिनिधीहरु तथा उपस्थित अतिथीहरुले अपाङ्गता भएका व्यक्तिहरुलाई खेलकुद लगायत हरेक क्षेत्रबाट पुनर्स्थापना तथा सशक्तिकरणमा जोड दिनुपर्ने बताएका थिए ।
कार्यक्रममा उपस्थित वडा प्रतिनिधीहरुले खेलाडीहरुलाई कापी कलमहरु वितरण गर्नुका साथै उनिहरुको हित संरक्षणका लागी स्थानिय सरकारको निरन्तर प्रयासहरु रहने बताए ।
नगरपालिकाकी महिला तथा बालबालिका प्रमुख रश्मी श्रेष्ठ कर्माचार्य, बिभिन्न वडाका प्रमुख एवं प्रतिनिधी, अतिथी र अपाङ्गता भएका व्यक्तिहरुका अभिभावकहरुले बोसिया खेल खेलेर अपाङ्गता भएका खेलाडिहरुलाई हौसला प्रदान गरेका थिए ।
अपाङ्गता भएका व्यक्तिहरुका लागि नेपाल बोसिया संघसँगको समन्वयमा चन्द्रागिरि नगरपालिकाद्वारा आयोजित उक्त खेलकुद प्रतियोगिता कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको अभिभावक तथा सरोकारवालाहरुलाई समेटेर आयोजना गरिएको कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरुमा आशाको संचार भएको अपाङ्ता भएका व्यक्तिहरुका लागि नेपाल बोसिया संघकी अध्यक्ष गोमा पौडेलले बताउनुभयो ।