ठेचोबाट ब्रम्हायणीको मूर्ति चोरी

ललितपुरको ठेचोमा रहेको मन्दिरबाट ब्रम्हायणीको मूर्ति चोरी भएको छ । गोदावरी नगरपालिका-१२ ठेचोमा मन्दिर नजिकै रहेको सत्तलमा राखिएको ब्रम्हायणीको मूर्ति चोरी भएको प्रहरी वृत्त चापागाउँले जनाएको छ ।

मन्दिर निर्माणाधिन अवस्थामा रहेकाले सत्तलमा राखिएको मूर्ति बुधबार बिहान ५ बजे नित्य पूजा गर्न गएका बेला हराएको थाहा भएको हो ।

डेढ फिट उचाईको पित्तलको मूर्तिमा सुनको जलप लगाइएको प्रहरीले जनाएको छ । प्रहरीले हराएको मूर्ति खोजी गरिरहेको छ । यो भन्दा अघि ब्रम्हायणीको मूर्ति तीनपटक चोरी भएको थियो ।