काठमाडौँका सीडीओको आदेशः जात्रा महोत्सव गर्न नपाउने

१४ असोज, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जात्रा महोत्सव नगर्ने/नगराउने आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बिहीबार राती १२ बजेदेखि लागु हुनेगरी काठमाडौंवासीका नाममा जात्रा महोत्सव केन्द्रीत आदेश जारी गरेका हुन् ।

आदेशमा

१) सर्वसाधारणको दैनिक कियाकलाप एवं चाडपर्वको हकमा

क. कोभिड-१९ को संक्रमण कायमै रहेको हुँदा अनावश्यक रुपमा मानिसहरु घर बाहिर निस्कने, जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सब, भोज आदि नगर्ने/नगराउने ।

ख. सर्वसाधारण सबैले मास्कको अनिवार्य प्रयोग गर्ने, सामाजिक दुरी  कायम गर्ने, समय समयमा साबुन पानीले हात घुने वा स्यानिटाइजरको प्रयोग गर्ने लगायतका स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्ने ।

ग. यस अबधिमा पर्ने चाडपर्वहरु स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी न्यूनतम सहभागितामा सांकेतिक रुपमा सकेसम्म घरभित्रै परिवारका व्यक्तिहरु मात्र सामेल हुने गरी मनाउने।

घ. सर्वसाधारण व्यक्ति, समूह तथा संस्था  लगायतका निकायहरुबाट आर्थिक, सामाजिक, व्यवसायिक तथा अन्य गतिविधिहरु संचालन गर्दा मास्कको अनिवार्य प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, पटक पटक साबुन पानीले हात घुने वा स्यानिटाइजरको प्रयोग गर्ने र नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरेर मात्र गर्ने पाउने।

ङ. नजिकिदै गरेको चाडपर्वको समयमा बढी भिडभाड एवं जोखिमयुक्त क्षेत्रहरु एवं यात्रा गर्दा हुन सक्ने चोरी, ठगी, लुटपाटजन्य गतिविधिबाट सर्वसाधरण सचेत रहने, यात्रा गर्दा आधिकारिक टिकट काउन्टरबाट मात्र टिकट काटि यात्रा गर्ने तथा सवारी साधनको छतमा यात्रा नगर्ने नगराउने ।

२) सार्वजनिक यातायात संचालनको हकमा

क. काठमाडौं उपत्यकाभित्र संचालन हुने सार्वजनिक सवारी साधनहरु स्वीकृत सिट क्षमताअनुसार देहायका मापदण्ड पालना गर्नै गरी संचालन गर्नै।

:कुल स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्ने ।
» सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाउने ।
» मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने ।
» चालक र सहचालकले अनिवार्य मास्क र भाइजर र पन्जा लगाउने
» सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनु पर्ने
» अनिवार्य रुपमा सवारी साधन दैनिक स्यानिटाइज गर्नु पर्ने।

 

३) बैठक, गोष्ठी , सेमिनार संचालनका हकमा

क. बैठक, गोष्ठी, सेमीनारहरू भर्चुअल माध्यमबाट गर्ने, भौतिक उपस्थितिमा गर्नैपर्ने भएमा स्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना हुने गरी गराउने। स्वास्थ्यका मापदण्ड पालना गराउनै दायित्व सम्बन्धित आयोजकको हुने र पालना नभएको पाइएमा निजलाई कानुन बमोजिमको कारबाही गरिने।

ख. होटेल वा पार्टी प्यालेसले कुनै बैठक, सेमिनार, गोष्ठी, भोज वा यस्तै कार्यकम गर्दा आगन्तुक वा सहभागीलाई स्वास्थ्यका मापदण्ड पालना गराउने, कार्यक्रम स्थलमा कोभिड-१९ को चिन्ह वा लक्षण भएका व्यक्तिको परीक्षणको व्यवस्था गर्ने, हात धुने वा स्यानिटाइजरको व्यवस्था गर्ने दायित्व सम्बन्धित होटेल बा पार्टी प्यालेस सञ्चालकले मिलाउने।

ग. होटेल, पार्टी प्यालेस वा यस्तै धेरै मानिसहरूको सहभागिता हुने स्थानका सञ्चालकले यथासम्भव समय समयमा आफ्ना कर्मचारी तथा सहभागीहरूको एण्टीजेन, न्यापिड एण्टीजेन वा सेल्फ टेष्टिङ्ग एण्टीजेन परीक्षण गर्ने व्यवस्था मिलाउने ।

४) सार्वजनिक सेवा प्रदायक निकाय लगायत बैंक तथा वित्तीय संस्थाले सेवा प्रवाह गर्दा सामाजिक दूरी कायम हुने र स्वास्थ्यका मापदण्डको पालना हुने गरी सेवा प्रवाह गर्ने र यथासम्भव अनलाइन माध्यमबाट सेवा प्रदान गराउने।

५) उघोग, कलकारखाना, होटेल, रेहटरेण्ट, सिनेमा हल, व्यायामस्थल लगायतका स्थान सामाजिक दूरी कायम राखी स्वास्थ्यका मापदण्डको पालना हुने गरी सञ्चालन गर्न पाउने।

६) कामदार कर्मचारीको समय समयमा एण्टीजेन, र्र्यापिड एण्टीजेन तथा कोभिड-१९ परीक्षण गर्ने गराउने, आफ्नो व्यवसाय परिसर  निसंक्रमित (डीस्‌इन्फेक्ट) गर्ने गराउने ।

७)औषधी लगायत अत्यावश्यक वस्तु तथा सेवाको आपूर्तिमा कृतिम अभाव सृजना गर्ने, मूल्य बृदि गर्ने, लुकाउने, ‘सहज आपूर्तिमा अवरोध गर्ने, उपर कानून बमोजिम कारबाही गरिने ।

८) स्थानीय ढुवानी  बिहान ९:०० बजे देखि ११:०० बनेसम्म र अपरान्ह ४:०0 बजे देखि ७:0० बजेसम्म गर्न जपाउने।

९) सार्वजनिक तया निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानी  बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म संचालन गर्न पाउने।

१०) कोभिड-१९ को लक्षण देखिएका तथा संक्रमित सम्पर्क (Contract Tracing) मा परेका व्यक्तिहरुले नेपाल सरकारले निःशुल्क व्यवस्था गरेको एन्टिजेन तथा पिसिआर परीक्षणका लागि सम्बन्धित स्थानीय तह, जिल्ला अस्पतालसँग सम्पर्क गरी परीक्षण गराउन, भिडभाडबाट बच्न तया बबाउन सतर्क रही स्वास्थ्य मापदण्डको प्रभावकारी पालना गर्ने/ गराउने ।

११) कोमिद-१९ सम्बन्धी आदेशको प्रभावकारी पालना सम्बन्धमा सुरक्षा निकायबाट नियमित तथा आकस्मिक अनुगमन गरिनेछ। अनुगमनका कममा यस आदेशको अबज्ञा भएको पाइएमा संक्रमक  रोग ऐन, २०२० अनुसार कारबाही हुनेछ। संक्रमण बढ्न गएमा यस आदेशमा भएका व्यवस्थाहरू कुनै पनि बेला पुनरावलोकन गर्न सकिनेछ ।