चन्द्रागिरि नगरपालिकाका फूटबल खेलाडीलाई मगलबारदेखि कोरियन प्रशिक्षक चो हानसु र लि सेसुङले प्रशिक्षण दिन सुरु गरेको छन । चो र लिले नैकाप फूटबल मैदानमा ब्राइट युथ क्लबका सिनियर खेलाडी, चन्द्रागिरि आसपासमा रहेको उमेर समुहअन्तगर्त यु-१२ र यु-१४ तथा बिद्यालयका विद्यार्थीलाइ फूटबल प्रशिक्षण दिएको ब्राइट युथ क्लबका उपाध्यक्ष कृष्ण बस्यालले जानकारी दिए । कोरियालि प्रशिक्षकले खेलाडीलाइ माघ ९ गतेसम्म प्रशिक्षण दिनेछन्। चन्द्रागिरि आसपासमा रहेको फूटबल खेलाडीको स्तर बढाउन दक्षिण कोरियाका ‘ए’ लाइसेन्स प्राप्त प्रशिक्षकबाट प्रशिक्षण गराइएको हो । एक साता चल्ने प्रशिक्षणबाट प्रशिक्षण गराइएको हो। एक साता चल्ने प्रशिक्षणबाट भबिष्यमा चन्द्रागिरि छुटै ‘ए’ डिभिजन टोलि बनाउन र फुटबलको माध्यमबाट पनि चन्द्रागिरिलाइ चिनाउने मद्त पुग्ने क्लबले सोच राखेको छ। प्रशिक्षकद्वय १० दिन नेपाल बस्नेछन । उनिहरुसंग प्रशिक्षण लिएका चन्द्रागिरिकै सिनियर टोलिलाइ केहि समयपछि दक्षिण कोरिया लगरे प्रशिक्षण गराइने बताईएको छ| क्लबको आयोजनामा दुइ महिनाअघि मात्र नैकापमा प्रथम चन्द्रागिरी गोल्ड कप फूटबल प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगिता त्रिभुवन, आर्मी, नेपाल पुलिस, एपीएफ, संकटा, हिमालयन शेर्पा, फ्रेन्ड्स, जावलाखेल र आयोजक ब्राइट युथ क्लब गरि आठ टोलिले भाग लिएका थिए ।

Leave a Reply
You must be logged in to post a comment.