२ बैशाख, टोकियो । नेपाली युवा बक्सर खेलाडी अविरल घिमिरेले जापानी खेलाडी रादालाई पराजित गर्दै होस्ट कप एस-व्याट्लको उपाधि जितेका छन् ।
नागोयामा भएको खेलमा १८ वर्षीय बक्सर अविरल घिमिरेले जापानीज प्रोफेसनल किक बक्सर रादालाई पराजित गरेका हुन् ।
तीन राउण्डको तीन चरणको खेलमा अंक बराबरी हुँदा पुनः दुई मिनेटको थप समयमा घिमिरेले प्रतिस्पर्धीलाई नकाउट गर्दै उपाधि जित्न सफल भएका हुन् ।
उपाधि जितेका युवा बक्सर अबिरल घिमिरे सपरिवार जापानमा बस्दै आएका छन् । घिमिरेका पिता देव घिमिरे अन्तर्राष्ट्रिय स्तरको के वन बक्सर खेलाडी तथा प्रशिक्षक समेत हुन् ।
सन् २०१६ बाट किक बक्सिगं खेल्न थालेका बिजयी घिमिरेको खेल हेर्न ठूलो संख्यामा जापानी तथा नेपाली समर्थकहरुको उपस्थिति रहेको थियो ।
चन्द्रागिरि नगरपालिका-१२ का १८ वर्षीय अविरल घिमिरे अहिलेसम्म ७ वटा म्याचमा सहभागी भएकोमा सबैमा जित हात पारेका छन् ।
Leave a Reply
You must be logged in to post a comment.