नयाँ वर्ष २०७४ संगै राजधानीको चन्द्रगिरिमा गोरु जुधाई हेर्न पाईने ।

काठमाण्डौ÷ प्रथम चन्द्रगिरि महोत्सवको तेस्रो दिनको समापन संगै नयाँ वर्षको आरम्भ संगै आज चौथो दिनमा प्रवेस गरेको छ । राजधानीमै पहिलो विहत महोत्सवको रुपमा रहेको महोत्सवमा आज १ गते राजधानीमै पहिलो पटक गोरु जुधाई कार्यक्रम हुदै छ । एक विशेष कार्यक्रमका विच गोरु जुधाई हुने छ । राजधानी वासीका लागि नुवाकोटको तारुकामा हुदै आएको गोरु जुधाई राजधानीको चन्द्रगिरिमा रहेको वलम्वुमा हेर्न पाईने भएको हो । चन्द्रगिरि महोत्सवमा रेस्लिङ समेत हुन लागेको हो । रेस्लिङका लागि हिमालयन टाईगर समुह संग समझौता भईसकेको आयोजक कमिटिका सह संयोजक रोसन दानीले जानकारी दिए । प्रधान मन्त्री पुष्पकमल दाहालले उद्धघाटन गरेको महोत्सव अन्तिम दिन नेपाली काग्रेसका सभापति शेर वहादुर देउवाले कार्यक्रमको समापन गर्ने कार्यक्रम रहेको आयोजक कमिटिका अर्का सह संयोजक राम नारायण घिमिरेले वताए । कार्यक्रममा विभिन्न उच्च पदस्त व्यक्तिहरु आउँने कार्यक्रम रहेको छ ।