पहिलो किसिपिडी फुटसल कप प्रतियोगिता उपाधि बनस्थली लाई

किसिपिडी फुटसल ग्रुपको आयोजनामा पहिलो किसिपिडी फुटसल कप प्रतियोगिता सम्पन्न भएको छ । पहिलो किसिपिडी फुटसल कप प्रतियोगिता २०७८ को उपाधि बनस्थली चुम्न सफल भएको हो। शुक्रबार शुरुआत भइ शनिबार सम्पन्न सो प्रतियोगिता चन्द्रागिरि–५  स्थित चन्द्रागिरि फुटसल मैदानमा भएको थियो ।

पानि घात युवा लाई पेनाल्टी सुट आउट मा २ गोलका विरुद्ध ३ गोल गर्दै बनस्थलीले रु ५० हजार सहित ट्रफी र पदक चुुम्न सफल भएको हो । यो सँगै पानि घात युवा रु २५ हजार सहित ट्रफी र पदक दोस्रो स्थान हासिल गरेको छ ।

त्यसैगरि ब्लूबेल एफसीले तेस्रो स्थानको उपाधी चुम्न सफल भयो । गलबन युनाईटेडलाई २–० ले हराउँदै ब्लूबेल एफसीले तेस्रो स्थान हासिल गर्न सफल भएको हो । यसैगरि ब्लूबेल एफसीले र गलबन युनाईटेले रु ५ -५  हजार सहित ट्रफी र पदक हासिल गरेको छ ।

विजेतालाई पुरस्कार तथा सिल मेडल प्रदान गरेका थिए ।

प्रतियोगिताको उत्कृष्ट टिमको उपाधि गलबनले प्राप्त गरेको थियो, उत्कृष्ट गोलकर्ता ब्लु बेलका रुपेश अधिकारी, उत्कृष्ट खेलाडी पानि घात का महेश लामा, उत्कृष्ट गोलकिपर बनस्थलीका राजु लामाले हात पार्नुभएको थियो ।