किपुल्चा (किसिपिडी)बाट बलम्बुमा ‘ग्व:जा छाय्गु’ पुजा पर्व सम्पन्न

591

बोसिगां दबू, काठमाडौं । हरेक वर्ष सिथी नखःको भोली पल्ट, सप्तमीको दिन चन्द्रागिरि नगरपालिकाको किपुल्चा (किसिपिडी)बाट बलम्बुमा ‘ग्व:जा छाय्गु’ पुजा पर्वले यस वर्ष लकडाउनको बीचमा पनि निरन्तरता पाएको छ ।

सिथी नख:को भोली पल्ट किपुल्चाबाट परम्परागत बाजागाजा सहित स्थानियको उपस्थितिमा बलम्बु स्थित देवी-देवतालाई ग्व:जा (चामलबाट बनेको एक प्रकारको परिकार) छाय्गु (चढाउने) गरिन्छ ।

कोरोना भाइरसका कारण जारी लकडाउनले गएको वर्षहरुमा जस्तो बाजागाजाको उपस्थित नभए पनि यो वर्ष सामाजिक दूरीलाई कायम राख्ने प्रयास सँगै सीमित धिमेबाजा बजाएर परम्परागत चाडलाई भने निरन्तरता दिएका थिए ।

तस्बिर: वि नेवार्स