बलम्बुमा फल्चा र पार्क पुनर्निर्माण कार्यको शिलान्यास सम्पन्न

चन्द्रागिरि: चन्द्रागिरि नगरपालिका वडा नम्बर १२, बलम्बुस्थित बलम्बु माध्यमिक विद्यालय, पिंगको उत्तरतर्फ रहेको फल्चा (पाटी) तथा पार्क पुनर्निर्माण कार्यको शिलान्यास सम्पन्न भएको छ।

बलम्बुबासी, जनप्रतिनिधि र निर्माण व्यवसायीहरूको उपस्थितिमा शिलान्यास कार्यक्रम गरिएको हो।

सो अवसरमा वडा नम्बर १२ का वडाध्यक्ष न्हुछेबहादुर महर्जनले यो पुनर्निर्माण कार्यले स्थानीय सम्पदाको संरक्षण मात्र नभई समुदायका लागि महत्वपूर्ण सार्वजनिक स्थल उपलब्ध गराउने बताउनुभयो। “हाम्रो सम्पदा, हाम्रो पहिचान भन्ने नारासहित अगाडि बढाइएको यो परियोजनाले स्थानीय बासिन्दाको लामो समयदेखिको चाहना पूरा भएको छ,” वडाध्यक्ष महर्जनले भन्नुभयो।

यो पुनर्निर्माण कार्यले स्थानीय सम्पदाको संरक्षण र सामुदायिक स्थलको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।