चन्द्रागिरिस्थित गुर्जुधाराचोकमा खाजा घर भन्दै दिउँसै यौनधन्दामा सम्लग्न ३ युवतीसहित ५ जना पक्राउ

चन्द्रागिरि। चन्द्रागिरि नगरपालिका वडा नं. १२ स्थित गुर्जुधाराचोकमा प्रहरीले एक खाजा होटलमा यौन क्रियाकलाप गरिरहेको अवस्थामा दुई जोडी युवा युवतीलाई पक्राउ गरेको छ ।

गुर्जुधारामा रहेको एक खाजा होटलमा यौन क्रियाकलाप गराएको गोप्य सुचनाको आधारमा प्रहरीले मगलबार साँझ ४:३० बजे छापा मारी होटल संचालकसहित ३ जना महिला र २ जना पुरुषलाई नियन्त्रणमा लिएको हो ।

होटलमा छापा मार्ने क्रममा यौन व्यवसायमा संलग्न तीन युवती समेत पक्राउ परेका थिए । २२ देखि २४ वर्ष उमेर समूहका युवती रहेको प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षक सन्तोष न्यौपानेले जानकारी दिनुभयो । यस्तै होटल सञ्चालक अन्दाजी ५५ वर्षीया महिलालाई पनि पक्राउ गरिएको न्यौपानेले बताउनुभयो ।

होटलको कोठामा छापा मार्दा त्यहाँको अवस्था आपत्तिजनक पाइएपछि तत्काल प्रहरीले पक्राउ गरेर आवश्यक जाँचबुझ थालेको बताएको छ । पक्राउ परेकाको बयान लिएर आवश्यक अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

चन्द्रागिरि नगरपालिकामा समेत होटलविरुद्ध उजुरी परेको छ।

तस्बिर: रोसन दानी