
हसना सोसियल सोसाइटीको अायोजनामा सम्पन्न रक्तदान कार्यक्रममा १३१ जना सहभागिले रक्तदान गरेको संस्थाका अध्यक्ष सम्पूर्ण महर्जनले बताउनुभयो । चन्द्रागिरी वडा १२ मा रहेको बलम्बु माध्यमिक बिधालयमा शनिबार अायोजित रक्तदान कार्यक्रमलार्इ चन्द्रागिरि वडा न. १२ वडा कार्यलय, हसना भास्तिपुर समुह, स्थानीय सहकारीले सहयोग गरेका थिए ।
चन्द्रागिरि नगरपालिका वडा १२ को वडा अध्यक्ष प्रकाश श्रेष्ठको प्रमुख अतिथि उपस्थितिमा सम्पन्न कार्य्रकममा विभिन्न व्यक्तिमहरूलाइ सम्मानका साथ टिसर्ट उपलब्ध गरिएको थियो ।