मेयर गिरी नगरमा झाडु लगाउंदै

काठमाडौ । राेसन दानी, राज्यकाे सवै तहमा स्वास्थ्य सेवाकाे पुर्वाधार गुणस्तरीय र जनमुखी स्वास्थ्य सेवा दिगो विकासको अाधार भन्ने मुल नाराकाे अबसरमा बलम्बु १२ नं वडा सरसफाइ कार्यक्रम सम्पन्न भएकाे छ । चन्द्रगिरि स्वास्थ्य ईकाइ र चन्द्रागरि नगरपालिकाे संयुक्त अायाेजनामा गरिएकाे सरसफाइमा नगरका मेयर घनश्याम गिरीले झाडु लगाएर कार्यक्रमको उद्घाटन गर्नु भएकाे हाे ।स्वास्थ केन्द्रको ईन्चार्ज सीता बानिया संयोजकत्वमा गरिएकाे कार्यक्रममा वाेल्दै नगरका मेयर गिरीले चन्द्रगिरिकाे सुन्दरता कायम गर्न हरेक टाेल वस्ती मात्र सफा नभई अाम नागरिकहरूकाे मन सफा हुनु पर्ने वताउनु भयाे । उहाँले छिटैनै धुवाधुलाे वाट नगरवासी छुटकारा पाउने उहाँले धारणा राख्नु भयाे । कार्यक्रममा वाेल्दै चन्द्रगिरि उधाेग बाणिज्य संघका अध्यक्ष राजेन्द्र बिक्रम बानियाले नगर स्वास्थ हरावरा वनाउने काममा सवैले अाअाफ्नाे ठाउँबाट लाग्नु पर्ने वताउदै उहाँले नगरकाे सरसफाइ र स्मार्ट सिटी वनाउन चन्द्रगिरि उधाेग बाणिज्य संघ सहकार्य गर्न कुरामा तत्पर रहेकाे जानकारी दिनु भयाे ।ऊक्त अबसरमा नगर प्रमूख लगायत सहभागि सम्पूर्ण नगर वडा स्वस्थ केन्द्रका ईन्चार्जज्यूहरू, कर्मचारीहरू,१२ नं वडाका जनप्रतिनिधिहरू वडाबासि सर्बसाधारणहरू सफाईमा प्रत्येक्ष सहभागि भएका थिए ।