
किसिपिडी युथ क्लबको आयोजनामा किसिपिडी नाइट २०१८ सम्पन्न भएको छ । नेपालका चर्चित कलाकारहरुको प्रस्तुती रहेको कार्यक्रम निकै शब्य र भब्य तरिकाले सम्पन्न भएको क्लबले जनाएको छ । कार्यक्रममा मदन कृष्ण श्रेष्ठ, बबिन प्रधान, जेम्स प्रधान, संजय श्रेष्ठ, समयबजी समुहको कमेडी साथै अन्य स्थानिय कलाकारले प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । सेलिब्रेसन नेपालले अफिसियल कभरेज गरेको उक्त कार्यक्रम, दुई भागमा २०७४ चैत्र १६ र १७ गते शुक्रबार र शनिबार साँझ ७ बजे देखी ९ बजे सम्म सेलिब्रेसन नेपालकै फेसबुक पेजबाट स्ट्रिमिङ हुने सेलिब्रेसन नेपालका कार्यकारी निर्देशक रक्की महर्जनले जनाए ।
https://youtu.be/_xluIU_CJfc?t=15