पहिलो किसिपिडी फुटसल कप प्रतियोगिता हुने

काठमाडौं । खेलकुदका माध्यमबाट आपसीभाइचारा, सहअस्तित्व र मित्रता अभिवृद्घि गर्ने उद्देश्यका साथ र आउँदो शुभ विजया दशमीको उपलक्ष्यमा पहिलो किसीपिँडी फुटसल कप २०७८ प्रतियोगिता हुने भएको छ । चन्द्रागिरि नगरपालिका स्थित चन्द्रागिरि फुटसल एरिनामा आयोजना हुने उक्त खेल यही असोज १५ र १६ गते हुनेछ ।

फुटसलका संयोजक प्रविन महर्जनका अनुसार प्रतियोगिताको विजेता टिमले नगद ५० हजार पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले नगद २५ हजार त्यस्तै र उत्कृष्ट टिमलाइ ५ हजार नगद पुरस्कार तथा ट्रफी र प्रमाणपत्रका साथै उत्कृष्ट खेलाडी, गोलरक्षक र उच्च गोलकर्तालाई पनि व्यक्तिगत ट्रफी र नगद पुरस्कारले पुरस्कृत गरिने बताए ।