चन्द्रागिरि नगरपालिका-५ किसिपिडी स्थित श्री कालिका मन्दिर पुन: निर्माणकाे शिलान्यास कार्य सम्पन्न भएको छ। चन्द्रागिरि नगरपालिका प्रमुख प्रमुख घनश्याम गिरीले सो मन्दिरको शिलान्यास गरेका हुन।
साथै पुरातत्व बिभागका उप सचिव जयराम श्रेष्ठ, संयुक्त रुपमा च.न.पा.५ किसिपिडीमा अवस्थित ऐतिहासिक तथा पौराणिक श्री कालिका माई मन्दिरको पुनः निर्माण कार्यको जग साइत तथा शिलान्यास गरेका हुन। २०७२ को महा भुकम्पले क्षति पुगेको उक्त मन्दिरको पुनः निर्माणको लागि पुरातत्व विभाग र साथै नगरपालिका र वडा कार्यालय को सहयोग मा निर्माण गर्न लागेको हो।
कार्यक्रममा उप प्रमुख लिशा नकर्मी, नगर प्रबक्ता हरिभक्त महर्जन, च.न.पा. ५ का वडाध्यक्ष कान्छा भाई महर्जन, च.न.पा १२ का वडाध्यक्ष प्रकाश श्रेष्ठ, च.न.पा १५ का वडाध्यक्ष उत्तम राउत लगायत अन्य बिशिष्ट ब्यक्ति तथा स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो।
भिडीयो:- बुद्ध नकर्मी
तस्बिर:- नगरप्रमुख घनश्याम गिरीको निजी सचिवालय – चन्द्रागिरि नगरपालिका काठमाडौं
Leave a Reply
You must be logged in to post a comment.