चन्द्रागिरि नगरपालिका वडा नं १५ मा राहत वितरण


चन्द्रागिरि नगरपालिका वडा नं १५ ले राहत वितरण गरेको छ।कोरोना भाईरस (COVID-19) संक्रमणका कारणले लक डाउन भै दैनिक ज्याला मजदुरी गरि खाने बिपन्न परिवारलाई खाद्यान्न संकट नपरोस् भन्ने उद्देश्यले नेपाल सरकार वाट प्राप्त निर्देशन र चन्द्रागिरि नगरपालिका चैत्र १९ को कार्यपालिका वैठकले पहिलाे चरणमा १ देखि १५ वटै वडाका ब्यक्तिहरूकाे ब्यक्तिगत फारम भरि नामावलीमा संकलन सहित राहत प्याकेज बितरण गरिने निर्णय भएको च.न.पा वडा नं १५ का वडा अध्यक्ष उतम बहादुर राउतले जानकारी गराए।

चन्द्रागिरी नगरपालिका वडा नं १५ तीनथानामा ९९३ जनालाई वडाध्यक्ष उतम बहादुर राउत लगायत अन्य जनप्रतिनिधि,वडाका सल्लाहकार,अन्य समाजसेवी तथा स्वयमसेवीहरूको उपस्थितमा राहत बितरण गरिएको थियो।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाइ फैलन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न नेपाल सरकारले जारि गरेको लक डाउन बाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहेको ,मानिसहरुलाई अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन रोक  लगाइएको अवस्थामा चन्द्रागिरि नगरपालिका वडा नं १५ बसोबास गरि  असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग, असहाय र अति बिपन्न परिवारलाइ राहत वितरण गर्नको लागि लगत फारम संकलन  गरिएको थियो ।