
चन्द्रागिरि–१५, तीनथानामा निःशुल्क आँखा शिविर: मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिने
चन्द्रागिरि, काठमाडौं – चन्द्रागिरि नगरपालिका वडा नम्बर १५, तीनथानामा रहेको तीनथाना स्वास्थ्य चौकीमा (विष्णुदेवी स्कुलको पुरानो भवन) यही २०८२ श्रावण १० गते शनिबार निःशुल्क आँखा शिविर आयोजना हुने भएको छ। जेष्ठ नागरिक सेवा प्रतिष्ठान र तिलगंगा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा शिविर सञ्चालन हुन लागेको हो।
यस शिविरमा विशेषगरी मोतियाबिन्दुका बिरामीहरूलाई प्राथमिकता दिइनेछ। शिविरमा छनौट भएका मोतियाबिन्दुका बिरामीहरूलाई तिलगंगा आँखा प्रतिष्ठानबाट निःशुल्क अप्रेशन गरिने आयोजकले जनाएका छन्।
शिविरमा उपलब्ध सेवाहरू:
* आँखा परीक्षण
* दृष्टि परीक्षण
* चस्मा जाँच
* निःशुल्क औषधी
* परामर्श सेवा
* सुगरबाट आँखाको समस्या भएका बिरामीहरूको विशेष जाँच
कार्यक्रम विवरण:
* मिति: २०८२ श्रावण १० गते, शनिबार
* समय: बिहान ९ बजे देखि १ बजेसम्म नाम दर्ता
* स्थान: तीनथाना स्वास्थ्य चौकी, चन्द्रागिरि न.पा. १५, तीनथाना, काठमाडौं (विष्णुदेवी स्कुलको पुरानो भवनमा)
यस शिविरको आयोजना जेष्ठ नागरिक सेवा प्रतिष्ठान, चन्द्रागिरि न.पा. वडा नं. १५, तीनथाना र तिलगंगा आँखा प्रतिष्ठान, तिलगंगाले गरेका हुन्। यस कार्यमा चन्द्रगिरी नगरपालिका–१५ वडा कार्यालय, Australian Aid र The Fred Hollows Foundation ले सहकार्य गरेका छन्।
आवश्यक थप जानकारीका लागि विष्णुकुमार खड्का (कमल) को मोबाइल नम्बर ९८५१०–५९२८० मा सम्पर्क गर्न सकिनेछ।





