चन्द्रागिरि नगरपालिका वडा नं. १५ मा निःशुल्क इन्डोर शारीरिक व्यायामस्थल सञ्चालन

चन्द्रागिरि।

चन्द्रागिरि नगरपालिका वडा नं.१५ तिनथानाको बिष्णु देवी मन्दिर परिसरमा इन्डोर शारीरिक व्यायामस्थल (जिम सेन्टर) को उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमका बीच च.न.पा.-१५ का वडा अध्यक्ष घनश्याम लुईटेलले गरेका हुन् ।

यस अघि लुईटेलले जिम क्लब स्थापनाको लागि वडाबाट सहयोग गरेका थिए । युवाहरु शारिरीक रुपले तन्दुरुस्त रहन नियमित अभ्यास आवश्यक भएकाले सहयोग गरेको लुईटेलले बताए ।

कार्यक्रम बिष्णु देवी क्लबका अध्यक्ष तथा वडा सदस्य आशिष महर्जनको अध्यक्षतामा भएको हो । साथै जिम सेन्टर सम्पूर्ण नगरबासीलाई खुला रहेको र निःशुल्क उपलब्ध गराइने महर्जनले उल्लेख गरे।